अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नविना लामाको घोषणा

एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने नविना लामाको घोषणा


चितवन – नेकपा (एमाले) को केन्द्रीय सदस्यमा प्रतिनिधिसभा सदस्य नविना लामाले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ । अनेरास्वीयुकी पूर्वअध्यक्ष समेत रहनुभएकी लामाले दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा आफ्नो पनि दाबी रहेको बताउनुभएको हो ।

लामाले विद्यार्थी राजनीतिबाट पार्टीमा दिएको योगदानको सबैले मूल्यांकन गरेको विश्वास व्यक्त गर्दै महाधिवेशन प्रतिनिधिहरुको साथ पाउनेमा आशावादी भएको बताउनुभयो । उहाँले पार्टी केन्द्रीय कमिटिको सदस्यका लागि योग्य भएको बताउँदै पार्टी आन्दोलनलाई साथ दिएका महिलाहरू अब केन्द्रीय कमिटीमा आउनुपर्नेमा जोड दिनुभयो ।

‘१२ वर्षको उमेरदेखि आजको दिनसम्म पार्टीमा निरन्तर इमानदारितापूर्वक काम गरिरहेको छु । पार्टीका लागि ज्यान बाजी मारेर आन्दोलन सफल बनाउन आफ्नो ठाउँबाट भूमिका खेलियो’ लामाले भन्नुभयो, ‘त्यसैले म पार्टीको केन्द्रीय सदस्यका लागि योग्य छु । वर्तमान राजनीतिका लागि आवश्यकता पनि छ । हामी जतिको महिलाहरू पार्टीमा आएन भने को आउने हो ? त्यसैले सबै प्रतिनिधिहरूले मलाई माया गर्नुहुन्छ भन्ने पूर्ण विश्वास गरेको छु ।’