अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलाई विश्वास छ- पदाधिकारी सर्वसम्मत चयन हुन्छ : अष्टलक्ष्मी शाक्य  

मलाई विश्वास छ- पदाधिकारी सर्वसम्मत चयन हुन्छ : अष्टलक्ष्मी शाक्य  


चितवन – नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महाधिवेशनबाट एमालेका पदाधिकारी सर्वसम्मत चयन हुने दाबी गर्नुभएको छ । उपाध्यक्ष शाक्यले पदाधिकारी सर्वसम्मत चयन हुने र त्यसका लागि प्रयास भइरहेको बताउनुभयो ।

‘नेतृत्व सर्वसम्मत बनाउने प्रयास भइरहेको छ’, उहाँले भन्नुभयो, ‘मलाई विश्वास छ– पदाधिकारीसँगै सदस्यहरु पनि सर्वसम्मत चयन हुनेछन् ।’

अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएका उपाध्यक्ष भीम रावलको पनि उचित व्यवस्थापनबारे छलफल भइरहेको शाक्यले बताउनुभयो ।