अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् एमालेको दशौं महाधिवेशनमा उपमहासचिवका आंकाक्षी

यी हुन् एमालेको दशौं महाधिवेशनमा उपमहासचिवका आंकाक्षी


चितवन – हिजो राति (शुक्रबार) बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले उपमहासचिव पद १ बाट थपेर ३ पुर्‍याउने निर्णय गरेको थियो । उपमहासचिव पदको संख्या थप भएपछि आंकाक्षीको संख्या पनि थपिएको छ ।

यसअघि एक जना मात्र उपमहासचिव पदको व्यवस्था हुँदा अन्य पदमा दाबी गरेका नेताहरु पनि उपमहासचिव पद संख्या थपेपछि दाबी गर्न थालेका छन् ।

उपमहासचिव पदमा वर्तमान केन्द्रीय कमिटीका सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट  र पृथ्वी सुब्बा गुरुङले दाबी गर्नुभएको छ ।

त्यस्तै नवौं महाधिवेशनमा सचिव पदमा पराजित भएका स्थायी कमिटी सदस्य विष्णु रिमालले पनि उपमहासचिव पदको आकांक्षा राख्नुभएको छ ।

यसअघि उपमहासचिव पदमा सचिव प्रदीप ज्ञवाली सर्वसम्मत जस्तै रहेकामा पद संख्या थप भएपछि अरु आकांक्षीहरु पनि थपिएका एक नेताले बताउनुभयो ।

सचिव गोकर्ण विष्टले सचिवमा नै दोहोरिने चाहना राख्नुभएको थियो भने पृथ्वी सुब्बा गुरुङले महासचिवमा दाबी गर्नुभएको थियो । स्थायी कमिटी सदस्य रिमालले पनि सचिव पदमा दाबी गर्नुभएको थियो ।