अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रु.१७ लाखसहित १६ जना पक्राउ

रु.१७ लाखसहित १६ जना पक्राउ


काठमाडौं – काठमाडौँ महानगरपालिका–१५ विजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ कालिमाटी बस्ने भोजपुरका अरुण गाउँपालिका–१ घर भएकी विनिता परियार लगायत १६ जना रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई गए राति रु.१६ लाख ९० हजार ५०० र १६ थान कौडासहित पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।