अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्रिसमस डेमा राष्ट्रपति र प्रधानमन्त्रीलाई आमन्त्रण

क्रिसमस डेमा राष्ट्रपति र प्रधानमन्त्रीलाई आमन्त्रण


काठमाडौं – इसाई धर्मका संस्थापक येशु ख्रीस्ट जन्मेको दिनको सम्झनामा मनाइने क्रिसमस डेमा राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ ।

क्रिसमस डेका अवसरमा राष्ट्रिय ख्रिष्ट्रियन महासंघले भोलि शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको क्रिसमस विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र उच्च व्यक्तित्वहरुलाई अतिथिको रुपमा आमन्त्रण गरेको हो ।

क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री, राष्ट्रपति र अन्य विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको अध्यक्ष सिबी गहतराजले बताउनुभयो ।

गहतराजले क्रिसमसमा दुई दिन सार्वजनिक विदा दिन माग गर्नुभएको छ । २०६३ सालदेखि क्रिसमसको सार्वजनिक विदा पाइए पनि कहिले पाउने र कहिले नपाउने गर्दा अत्यन्तै दुःख लागेको सुनाउनुभयो ।

अर्को वर्ष विश्वकै सबैभन्दा अग्लो धरहरा भन्दा क्रिसमस–ट्री बनाउने अध्यक्ष गहतराजको भनाइ छ ।  महासंघकी सहअध्यक्ष रिता थापाले क्रिसमस–ट्री प्रयोग गर्नुको कारण हरियालीको लागि भएको बताउनुभयो।