अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टेलिनेटको कार्यालयमा छापा, सञ्चालकलाई उपस्थित हुन सूचना विभागको निर्देशन

टेलिनेटको कार्यालयमा छापा, सञ्चालकलाई उपस्थित हुन सूचना विभागको निर्देशन


काठमाडौं – सूचना तथा प्रशारण विभागले टेलिनेट प्रालिको कार्यालयमा छापा मारेको छ । तर, छापा मार्न भन्दै विभागको टोली पुग्दा टेलिनेटका सञ्चालकहरू भने कार्यालयमा उपस्थित थिएनन् ।

सञ्चालकलाई नभेटेपछि टोलीले टेलिनेटका कर्मचारीसँग अल्ट बालाजी र सोनिलिभका सामग्रीहरूका बारेमा के आधारमा नेपालमा प्रशारण गरेको भन्दै सोधपुछ गरेका थिए ।

प्रशारण अनुमतिको प्रमाणपत्र मागेपछि कर्मचारीले देखाउन नसकेकाले टोलीले पत्र काटेर टेलिनेटका सञ्चालकलाई आइतबार विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।