अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘सँगै बाँचौला’ म्युजिक भिडियो सार्वजनिक

‘सँगै बाँचौला’ म्युजिक भिडियो सार्वजनिक


मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतकार सन्तोषजङ्ग थापाको शब्द रचना तथा नवीन कार्कीको सङ्गीत रहेको उक्त गीतमा सुमन केसीको सम्पादन रहेको छ । नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित उक्त भिडियोमा राष्ट्रिय समाचार समिति ९रासस०का फोटोपत्रकार प्रदीपराज वन्त तथा सविता श्रेष्ठको अभिनय रहेको छ ।

रेजिना तुलाधरले पहिलोपटक निर्देशन गर्नुभएको उक्त भिडियो नवीनबाबु गुरुङले सिनेमाटोग्राफी र नवीन निरौलाले सम्पादन गर्नुभएको हो । ‘सिजन इन्टरटेन्मेन्ट’द्वारा निर्माण गरिएको सो भिडियोलाई सिजन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।