अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा अध्यक्ष ओलीको दोस्रो दिनः अस्पतालदेखि भ्यूटावरसम्मको निरीक्षण

झापामा अध्यक्ष ओलीको दोस्रो दिनः अस्पतालदेखि भ्यूटावरसम्मको निरीक्षण


काठमाडौं– तीन दिनका लागि झापामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दोस्रो दिन पनि व्यस्त रहनुहुने भएको छ ।

एमाले प्रदेश १ का सदस्य एवं ओलीका सांसद प्रतिनिधि होमबहादुर थापाका अनुसार आज बिहान साढे ९ बजे दमक बजार प्रवेश गर्ने प्रवेशद्वार उद्घाटन गर्ने कार्यक्रम छ ।

यसैगरी साढे १० बजे दमक अस्पताल भवनको निरीक्षण, साढे ११ बजे दमक ३ मा निर्माणाधिन भ्यू टावरको निरीक्षण र सुरक्षित आवास अन्तरगतका घर हस्तान्तरण गर्नुहुनेछ । यस्तै साढे १२ बजे दमक ४ मा अपांगता भएकाहरुलाई ह्विल चेयर वितरण गर्नुहुनेछ ।

थापाका अनुसार साढे २ बजे शान्ति मार्गबाट निर्माणधिन दमक सभाहल जाने सडकको शिलान्यास र क्याम्पस मोड आम्दा सडकको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि निर्माणाधिन क्याम्पस भवनको निरीक्षणको कार्यक्रम रहेको छ ।

अपरान्ह ४ बजे दमकमा जारी स्वास्थ्य शिविरको समापन र दमकका सबै वडा कार्यलयहरुको उद्घाटन गर्ने कार्यक्रम छ । अध्यक्ष ओली आज दमक मै बस्नुहुनेछ ।