अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको नाम, झन्डा र रूख चिह्न दुरुपयोग गर्नेलाई कानुनी कारबाही गर्ने निर्णय

कांग्रेसको नाम, झन्डा र रूख चिह्न दुरुपयोग गर्नेलाई कानुनी कारबाही गर्ने निर्णय


काठमाडौं-नेपाली कांग्रेसले पार्टीको नाम, झन्डा, लेटरप्याड तथा चुनाव चिह्न रूखको अनधिकृत प्रयोग गरी गतिविधि सञ्चालन गर्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी कारबाही अघि बढाउने निर्णय गरेको छ।

मङ्सिर ८ देखि ११ गतेसम्म बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै महामन्त्री प्रदीप पौडेलले पार्टीका आधिकारिक प्रतीक दुरुपयोग गरी भेला तथा महाधिवेशनका नाममा गतिविधि गर्नेहरूमाथि कारबाही गरिने बताएका हुन्।

बैठकले ‘हामी तयार छौँ’ अभियान स्वीकृत गर्नुका साथै नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम सञ्चालन कार्यविधि २०८३ परिमार्जनसहित पारित गरेको छ । कार्यक्रमलाई व्यवस्थित, छोटो र प्रभावकारी बनाउन कार्यविधि संशोधन गरिएको पौडेलले बताए ।

बैठकले सभापति गगनकुमार थापाको नेतृत्वमा निर्वाचित २३१ सदस्यीय केन्द्रीय कार्यसमिति नै आधिकारिक रहेको उल्लेख गर्दै अनधिकृत गतिविधि नगर्न पार्टी सदस्य तथा शुभेच्छुकलाई अपिल गरेको छ ।

त्यस्तै, कार्यसम्पादन समिति, केन्द्रीय अनुशासन समितिलगायत केही समिति गठन गर्ने अधिकार सभापतिलाई प्रत्यायोजन गर्ने निर्णय पनि बैठकले गरेको छ ।