अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हत्याराले नै शव गाडेको बताएपछि…

हत्याराले नै शव गाडेको बताएपछि…


बैतडी – बैतडीको सूर्नया गाउँपालिका-६ मा एक जनाको शव गाडेको अवस्थामा भेटिएको छ । सूर्नया-६ को धुलिधार जंगलमा ओडारभित्र शव गाडेको अवस्थामा फेला परेको हो ।

गत हप्ता मात्रै आफूलाई अपहरण गरेको भनी फेसबुकमा स्ट्याटस लेखेका हरिस अवस्थीले आफूले नै मान्छे मारेर गाडेका बताएपछि प्रहरीको टोली उनले भनेकै ठाउँमा पुगेको थियो । अवस्थीले भने अनुसार प्रहरीले खाडल खनेपछि सडेको अवस्थामा शव भेटाएको हो ।

शव स्थानीय ३२ वर्षका डम्बर अवस्थीको रहेको बुझिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता तथा प्रहरी निरीक्षक बोधराज ओझाले भन्नुभयो, ‘केही दिनअघि हराएको भनिएका व्यक्तिलाई प्रहरीले बर्दियाबाट उद्धार गरेको थियो । तर, उसले आफैले मान्छे मारेर भागेको भनेपछि हामीले ओडारभित्र खनेपछि शव भेटाएका हौं । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ साँझ ६ बजे शव निकालिएपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।

आफूले हत्या गरेको स्वीकार गरेका अवस्थीले गत हप्ता आफ्नो फेसबुकमा केही मान्छेले आफूलाई मार्न बर्दियाको जंगलमा शौचालयमा थुनेको भन्दै स्ट्याटस लेखेका थिए । उनले गाउँकै मान्छेहरूले आफूलाई मार्न खोजेकाले बचाउन आग्रह गरेका थिए ।