अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु


संखुवासभा – संखुवासभाको सभापोखरी गाउँपालिका-३ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर सप्तरी घर भई हाल ललितपुर गोदावरी बस्ने वर्ष २८ को अनिल ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर घाइते भएको ठाकुरको जिल्ला अस्पताल संखुवासभामा बिहीबार दिउँसो २ बजे मृत्यु भएको प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो । करेन्ट लागेर बेहोस भएका सिभिल इन्जिनियर ठाकुरलाई थप उपचारका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको थियो ।

बिहीबार बिहान सभापोखरी–३ बाह्रबिसे स्थित निर्माणाधीन स्वास्थ्य चौकी भवनको अनुगमन गर्ने छतमा पुगेका सिभिल इन्जिनियर ठाकुरलाई विद्युत् प्रसारण लाइनको तारबाट करेन्ट लागेर थियो । करेन्ट लागेर गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रमका जिल्ला अस्पतालमा मृत्यु भएको डिएसपी सुवेदीले बताउनुभयो ।

सिभिल इन्जिनियर ठाकुर निर्माणाधीन स्वास्थ्य चौकी भवन हेर्ने केही दिन यता सभापोखरी गाउँपालिका आइपुगेको हुन् । मृतक ठाकुरको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।