अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर चौतारीको अध्यक्षमा विएम आचार्य

ललितपुर चौतारीको अध्यक्षमा विएम आचार्य


ललितपुर – प्रेस चौतारी ललितपुरको अध्यक्षमा विएम आचार्य सर्वसम्मत निर्वाचित हुनुभएको छ। ललितपुरको कुमारीपाटीमा बिहीबार आयोजित पाँचौं जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

कार्यसमितिको सचिवमा अशोक दुलाल, उपाध्यक्षमा शान्ति घिमिरे, नवीन लुइटेल, सहसचिवमा अविन लिम्बु, सन्तोष दाहाल, कोषाध्यक्षमा ईश्वर महर्जन सर्वम्मत निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुभानु आचार्य, कल्याण पौडेल, लक्ष्मण दुलाल, सुरेश तामाङ, रवि महर्जन, ज्ञानबहादुर महर्जन, रेखा खुलाल, संगम श्रेष्ठ, नरेन्द्र चालिसे, विद्धान कुलुङ चयन भएका छन् ।

अधिवेशनमा निवर्तमान कार्यसमितिका सहसंयोजक अशोक दुलालले स्वागत मन्तव्य राख्दै ललितपुरको पत्रकारितालाई अघि बढाउन स्थानीय पत्रकारितालाई  प्रबर्धन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय पत्रकारितालाई अघि बढाउन पत्रकारिता पुरस्कार स्थापनाका लागि अक्षय कोष स्थापना गर्नुपर्छ ।’

सहसंयोजक दुलालको प्रस्तावमा समर्थन जनाउँदै नेकपा एमालेका प्रदेश कमिटी सदस्य दामोदर खड्काले १ लाख रुपैयाँ सहयोगको घोषणा गरेका थिए ।

कार्यक्रममा चौतारीका संयोजकले प्रतिवेदन प्रस्तुत गर्दै पत्रकारिता तालिम तथा हरेक महिना अनर्तक्रिया गर्ने योजना अघि बढाएका थिए ।