अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस–माओवादी सरकारको असफलताः अर्थतन्त्र हालसम्मकै उच्च घाटामा

कांग्रेस–माओवादी सरकारको असफलताः अर्थतन्त्र हालसम्मकै उच्च घाटामा


काठमाडौं– नेपालको अर्थतन्त्र हालसम्मकै उच्च घाटामा गएको छ ।

कांग्रेस–माओवादीको संयुक्त सरकारले आर्थिक सुधारमा ध्यान नदिँदा मुलुकको अर्थतन्त्रका सबैजसो सूचक ऋणात्मक स्थितिमा पुगेका छन् । मुलुक भित्रिने र बाहिरिने विदेशी मुद्राको अवस्था देखाउने शोधनान्तर हालसम्मकै उच्च घाटामा पुगेको छ । विदेशी मुद्रा सञ्चिति पौने दुई खर्ब रुपैयाँले कमी आएको छ । मूल्यवृद्धि पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । रेमिट्यान्स लगातार घटिरहेको छ ।

राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै शोधनान्तर घाटा बढ्दै गएर गत मंसिरमा १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको प्रचलित मूल्यको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ४.६ प्रतिशत हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत असारमा शोधनान्तर स्थिति सवा १ अर्ब रुपैयाँ बचतमा थियो । त्यसपछिका सबै महिना घाटामा छ र हरेक महिनामा घाटा उच्च दरले बढिरहेको छ ।

वार्षिक उपभोक्ता मूल्यवृद्धि गत मंसिरमा ७।११ प्रतिशत पुगेको छ । यो चालु आर्थिक वर्षको वार्षिक लक्ष्यभन्दा ०।६१ प्रतिशतले बढी हो । मासिक रूपमा हेर्दा यो पाँच वर्षयताकै उच्च हो ।

रेमिट्यान्स गत साउनयता लगातार घटिरहेको छ । रेमिट्यान्स गत साउनमा १८.१, भदौमा ६.३, असोजमा ७.६, कात्तिकमा ७.५ र मंसिरमा ६.८ प्रतिशत घटेको हो ।