अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण


खोटाङ – नेकपा एमाले खोटाङका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् ।

२४ पुसमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट निर्वाचित एमाले अध्यक्ष रामप्रसाद दंगाललगायतले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

दिक्तेलको भवनगैरास्थित पुष्पलाल स्मृति भवनमा अध्यक्ष दंगाल, सचिव कुमारप्रसाद आचार्य, उपसचिव दिपनारायण रिजाल र सुरेन्द्रकुमार राईले पदभार ग्रहण गरेका हुन् ।

एमालेका नवनिर्वाचित पदाधिकारीलाई एमाले केन्द्रीय सदस्य एवं प्रदेश सांसद उषाकला राईले पदभार ग्रहण गराउनुभएको थियो ।