अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशन स्थगित

एमाले सिन्धुपाल्चोकको जिल्ला अधिवेशन स्थगित


सिन्धुपाल्चोक – नेकपा एमाले सिन्धुपाल्चोक जिल्लाको अधिवेशन स्थगित भएको छ ।

सिन्धुपाल्चोकमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । सङ्क्रमित हुनेहरुको सङ्ख्या दैनिक बढ्न थालेसँगै सिन्धुपाल्चोक एमालेको ९औं अधिवेशन स्थगित भएको हो ।

जिल्ला नेतृत्व चयनका लागि माघ २ गतेको कार्यक्रम स्थगित भएको निर्वाचन समितिले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले २५ जनाभन्दा बढी भेला नहुन सूचना जारी गरेको कारण पनि स्थगित भएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै विभिन्न पदका उम्मेदवार स्वयंलाई कोरोना संक्रमित भएका कारण पनि मिति संशोधन गर्नुपर्ने अवस्था आएको समितिले जनाएको छ । नयाँ कार्यतालिका प्रकाशन भएको छैन ।