अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस र माओवादीले युवाशक्तिको दुरुपयोग गरे : महेश बस्नेत

कांग्रेस र माओवादीले युवाशक्तिको दुरुपयोग गरे : महेश बस्नेत


कास्की – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सत्तारुढ दलले युवा शक्तिको दुरुपयोग गरेको बताउनुभएको छ ।

आज प्रेस चौतारी कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अहिलेका सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले युवा शक्तिको दुरुपयोग गरेको बताउनुभएको हो ।

नेता बस्नेतले नेपाली कांग्रेसले कुनै समयमा युवालाई प्रयोग गरेर राष्ट्रिय सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाउनुभयो । यसैसन्दर्भमा उहाँले माओवादीले वाइसिएलको नाममा आपराधिक क्रियाकलापमा लगाएको जिकिर गर्नुभयो ।

नेता बस्नेत भन्नुहुन्छ, ‘माओवादीले वाइसिएल बनाएर युवालाई लुटपाट हत्या, हिंसा, आतंक मच्चाउन काममा प्रयोग ग र्‍यो । यसको साथसाथै डर, त्रास, धम्काउने, तर्साउने, अपहरण गर्ने, पैसा असुल्ने जस्ता प्रवृति पनि देखियो । उता काँग्रेसले पनि राज्यको स्रोतसाधन र शक्तिलाई दोहन गर्न युवालाई प्रयोग ग र्‍यो ।’