अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड र माधव नेपालले पार्टी फुटाएर कांग्रेसको पुच्छर बने : प्रदीप ज्ञवाली

प्रचण्ड र माधव नेपालले पार्टी फुटाएर कांग्रेसको पुच्छर बने : प्रदीप ज्ञवाली


रौतहट – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता स्वार्थका लागि घात गरेर काँग्रेसको पाउमा सत्ता चढाएको आरोप लगाउनुभएको छ ।

आज रौतहटको मौलापुर नगरपालिकाको मर्यादपुर आयोजित दलित बस्ती उद्घाटन समारोहमा बोल्दै ज्ञवालीले दुई तिहाईको स्थिर सरकार टिक्न नदिएर प्रचण्ड र नेपालले सर्वोच्च अदालतको मिलेमतोमा अध्यक्ष ओली सरकार ढालेको दाबी गर्नुभयो।

ज्ञवालीले स्थानीय तहमा एमालेको राम्रो पकड रहेको देखेपछि समयै निर्वाचन गराउने कुरामा आनकानी गरिरहेको समेत बताउनुभयो । गठबन्धन सरकार २०५९ सालको जसरी कर्मचारी तन्त्रलाई प्रयोग गरी साधन स्रोतको दुरुपयोग गरेर निर्वाचन गराउन लागेको टिप्पणी गर्नुभयो।

गठबन्धन सरकारले स्थानीय तहको निर्वाचनको मिति नतोके आन्दोलनका लागि तयार रहन समेत कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । कार्यक्रममा एमाले स्थायी समिति सदस्य प्रभु साह लगायतले सम्बोधन गर्नुभएको थियो ।