अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माघ १५ सम्म भौतिक उपस्थितिमा गरिने सबै कार्यक्रम स्थगित गर्ने अनेरास्ववियुको निर्णय

माघ १५ सम्म भौतिक उपस्थितिमा गरिने सबै कार्यक्रम स्थगित गर्ने अनेरास्ववियुको निर्णय


काठमाडौं – नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक उपस्थितिमा गरिने सबै भेला र कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरेको छ ।

आज बसेको पदाधिकारी बैठकले कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरेको हो । हाल देशैभरि कोरोना संक्रमण तीव्र रूपमा बढिरहेकाले सरकारद्वारा जारी स्वास्थ्यसम्बन्धी निर्देशनलाई ध्यान दिँदै केन्द्रीय कमिटी र मातहतका सबै कमिटीहरूको २५ जनाभन्दा बढीको भौतिक उपस्थितिमा हुने भेला तथा कार्यक्रम माघ १५ सम्मलाई स्थगित गरिएको अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो ।

यो अवधिमा प्रविधिको उच्चतम प्रयोग गरी भर्चुअल माध्यमबाट सञ्चालन गर्ने/गराउने पनि अनेरास्ववियुले जनाएको छ ।