अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चन्द्रागीरीमा चक्कु हानेर एकजनाको हत्या,दाजुभाइ पक्राउ

चन्द्रागीरीमा चक्कु हानेर एकजनाको हत्या,दाजुभाइ पक्राउ


काठमाडौं -काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु हानेर एक जनाको हत्या भएको छ । अर्का एक जना घाइते छन् ।

महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो ।
हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु दाजुभाइ हुन् ।

काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीका अनुसार एक जनालाई आइतबारै पक्राउ गरिएको थियो भने अर्का चाहिँ भागेर धादिङ पुगिसकेका थिए । ‘दाइलाई चाहिँ सोमबार पक्राउ गरेर ल्याएका हौं’ मैनालीले भन्नुभयो ।

प्रहरीका अनुसार सामान्य विवादमा झगडा हुँदा उनीहरुले रिजाललाई चक्कु हानेका थिए । अर्का एक साथीलाई पनि चक्कु हानिए पनि पछाडिबाट लागेका कारण घाइते छन् ।