अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश -२ को राजधानीका लागि गोप्य मतदान शुरु

प्रदेश -२ को राजधानीका लागि गोप्य मतदान शुरु


जनकपुरधाम – प्रदेश-२ को राजधानीका लागि प्रदेश सभामा गोप्य मतदान शुरु भएको छ । प्रदेश-२ को राजधानी तथा नामाकरण अध्ययन विशेष समितिले प्रतिवेदनमार्फत प्रदेश सभासमक्ष जनकपुर र विरगञ्जलाई राजधानी बनाउने प्रस्ताव पेश गरेको छ । तर दुबै नाममा सहमति हुन नसकेपछि मतदानबाट राजधानी बनाउने प्रस्तावमा निर्वाचन सुरु भएको छ ।

जनकपुरमा सबै दलको सहमति भएपनि केही सांसदले व्यक्तिगत रुपमा आफूहरुको अधिकार भन्दै फरक मत राखेपछि जनकपुर बाहेकका प्रस्तावलाई पनि प्रतिवेदनमा समेटिएको अध्ययन विशेष समितिका सभापति परमेश्वर साहले जानकारी दिनुभयो । बारा–पर्साका सांसदहरुले राजधानी वीरगञ्ज हुनुपर्ने छुट्टै प्रस्ताव गरेका छन् ।

साहले प्रदेश सभामा बोल्दै, ‘जनकपुरलाई राजधानी बनाउने सबै दलको प्रस्ताव हो । र सर्वसहमति जस्तै छ ।’

तर प्रदेश सभामा बोल्दै सांसद रमेशप्रसाद कुरुङले विरगञ्जकै आन्दोलनले मधेश आन्दोलन भएको भन्दै विरगञ्जलाई राजधानी बनाइनुपर्ने बताउनुभएको थियो ।

प्रदेश सभाको तत्काल कायम रहेको दुई तिहाइ बहुमतका आधारमा प्रदेशको राजधानीबारे निर्णय हुनेछ । मतदानमा दुई तिहाइ नआए कुनै निर्णय हुने छैन । दुई तिहाइको लागि ७० जना सांसद चाहिन्छन् । हाल प्रदेश सभामा १०४ जना सांसद छन् ।

मधेशको पक्षमा जसपाको ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ गरी ६३ प्रदेश सांसद रहेका छन् । रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी मधेशकै पक्षमा आए पनि दुई तिहाईका लागि ६ मत अपुग हुने देखिन्छ ।