अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाका कारण प्रेस चौतारी नेपालको महाधिवेशन स्थगित

कोरोनाका कारण प्रेस चौतारी नेपालको महाधिवेशन स्थगित


काठमाडौं -प्रेस चौतारी नेपालले कोरोना महामारीको कारण पूर्वनिर्धारित सवै अधिवेशन स्थगित गरेको छ । सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र एमालेको आन्तरिक निर्देशनका आधारमा सवै अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जनाउनु भएको छ । अध्यक्ष बस्नेतले आज बिज्ञप्ती जारी गर्दै पोखरामा यही माद्द २२ र २३ गतेका लागि तोकिएको नवौं राष्ट्रिय महाधिवेशनसहित पूर्वनिर्धारित सवै प्रदेश र जिल्ला अधिवेशन स्थगित गरिएको जनाउनु भएको छ ।
‘कोरोना महामारी बढेसँगै नेपाल सरकारले स्वास्थ्य मापदण्ड जारी गर्दै २५ जना भन्दा बढीको भौतिक उपस्थितिमा कुनै पनि कार्यक्रम नगर्न निर्देशन समेत दिएको छ । पछिल्लो समय कोरोनाबाट राजनीतिक दलका शीर्ष नेतादेखि हाम्रो गौरवशाली संगठन अवस्थाका कारण प्रेस चौतारी नेपालको थुप्रै साथीहरु संक्रमित हुनुभएको छ । जस्को कारण पूर्वनिर्धारित कार्यक्रमहरु स्थगनको निर्णयमा पुग्न हामी बाध्य भएका छौं । कोरोना महामारी नियन्त्रण र रोकथामका सन्दर्भमा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड र नेकपा ९एमाले० केन्द्रीय कार्यालयले मिति २०७८ माघ ३ गते जारी गरेको निर्देशनअनुसार प्रेस चौतारी नेपालको पूर्वनिर्धारित नवौं राष्ट्रिय महाधिवेशनलगायत सवै अधिवेशनहरु अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको छ,’ अध्यक्ष बस्नेले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ ।