विर्तामोड – नेकपा एमाले झापाको नयाँ जिल्ला कमिटीमा २६ जना मनोनित भएका छन् । आज सम्पन्न सपथग्रहण कार्यक्रमको पूर्वसन्ध्यामा एकता प्रक्रियाबाट १४ जनासहित २६ जनालाई मनोनित गरिएको हो ।
एकताबाट प्रमिश गिरी, मनोरथ तिवारी, नारायण काफ्ले, भुपाल ओली, गोपाल चुडाल, भीम प्रसाद राई, विदुर तिवारी, हेमबहादुर कार्की, कृष्ण पोखरेल, हरिदास ढुङगाना, लक्ष्मीप्रसाद राजवंशी, हृदय राजवंशी, पर्शुराम राजवंशी र मान बहादुर कार्की रहेका छन् ।
यस्तै, पार्टीले डम्बर देउजा, देशबन्दु ढुङ्गेल, भोला धिताल, चन्द्र गजमगेर, प्रकाश अधिकारी, टेकप्रसाद आचार्य, तोयानाथ पोखरेल, दुर्गामणि बस्नेत, डम्बर कुमारी संग्रौला, गोकर्ण ओझा, पुष्पा भण्डारी र मेदनी खरेलाई जिल्ला सदस्यमा मनोनित गरेको छ ।
प्रतिक्रिया