अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६३ जिल्लामा यस्तो छ एमालेको नेतृत्व (सूचीसहित )

६३ जिल्लामा यस्तो छ एमालेको नेतृत्व (सूचीसहित )


काठमाडौं – नेकपा एमालेले ६३ जिल्ला अधिवेशन र दुई विशेष जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको जनाएको छ ।

मंगलबार एमालेले विज्ञप्ति जारी गरी बाँकी १४ जिल्लामा कोभिड संक्रमण कम भएपछि गर्ने जानकारी दिएको छ।

एमालेका अनुसार पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी पाँच जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी छ ।

धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ-१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने एमालेले जनाएको छ।

विद्यार्थी विशेष र उद्योग-व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पछि आयोजना गर्ने निर्णय भएको छ। एमालेका अनुसार जिल्ला कमिटीसरहका सम्पर्क कमिटीहरुमध्ये मधेस प्रदेशबाहेक ६ वटै प्रदेश कमिटीका अधिवेशन पनि सम्पन्न भएका छन्।