अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजको मौसम कहाँ कस्तो ?

आजको मौसम कहाँ कस्तो ?


काठमाडौं -सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूका पहाडी भू-भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविद्हरूका अनुसार बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

अहिले बिहान प्रदेश १ र मधेस प्रदेश लगायत पहाडी भू-भागहरूमा आंशिक बदलीको अवस्था रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।

आज राति देशका पहाडी भू-भाग लगायत लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।