अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकैदिन कोरोनाबाट ७६ जनाको मृत्यू भएपछि अस्ट्रेलियामा आपतकाल घोषणा

एकैदिन कोरोनाबाट ७६ जनाको मृत्यू भएपछि अस्ट्रेलियामा आपतकाल घोषणा


सिड्नी -अस्ट्रेलियामा एकैदिन कोरोना संक्रमणका कारण ७६ जनाको मृत्यु भएपछि ३ वटा राज्यमा आपतकाल घोषणा गरेको छ । अस्ट्रेलियाको न्यू साउथ वेल्स, भिक्टोरिया र क्विन्सल्यान्ड राज्यमा आपत्काल घोषणा गरिएको हो ।

अष्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टका अनुसार दैनिक ७३ हजारलाई कोरोना संक्रमण हुन थालेपछि ५७ हजार स्वास्थ्यकर्मी थपिएको जानकारी दिएका छन् । अष्ट्रेलियामा अहिले स्वास्थ्यकर्मीहरुले हप्ता बिदा समते लिन नपाउने नियम लागु भएको छ ।

अष्ट्रेलियामा कोरोना संक्रमणको कारण एकै दिन ७६ जनाको मृत्यु भएको यो पहिलो पटक हो ।