अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कर्णाली प्रदेशमा सत्ता गठबन्धन विवाद : तीन महीनादेखि पाँच मन्त्रालय रिक्त

कर्णाली प्रदेशमा सत्ता गठबन्धन विवाद : तीन महीनादेखि पाँच मन्त्रालय रिक्त


सुर्खेत – सत्ता गठबन्धनमा आन्तरिक विवाद समाधान नभएपछि तीन महिनादेखि कर्णाली प्रदेशमा पाँच मन्त्रालय रिक्त रहेका छन् ।

नेकपा माओवादी केन्द्रले चारवटा मन्त्रालय माग गरेपछि कांग्रेस नेतृत्वको कर्णाली प्रदेशमा तीन महीनादेखि पाँच मन्त्रालय रिक्त हुन पुगेका हुन्।

मुख्यमन्त्री जीवनबहादुर शाहीले गत १६ कात्तिकमा पद सम्हालेको भए पनि अहिलेसम्म दुई जनालाई मात्र जिम्मेवारी तोकेका छन् । नेकपा (एकीकृत समाजवादी) का चन्द्रबहादुर शाही तथा माओवादीका बिन्दमान विष्टबाहेक अन्यलाई जिम्मेवारी दिन सकेका छैनन् ।

गत मंगलबार माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठकले पूर्ववत् सहमतिअनुसार चार मन्त्रालय पाउनु पर्ने अडान दोहोर्‍याएपछि मुख्यमन्त्री शाहीलाई मन्त्रिपरिषद विस्तारमा थप कठिनाइ परेको छ ।