अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघको विवाद पार्टीसम्म पुग्यो

युवा संघको विवाद पार्टीसम्म पुग्यो

असन्तुष्ट पक्षद्वारा महाधिवेशन आयोजक कमिटी विघटन गर्न माग


काठमाडौं -युवा संघको महाधिवेशन आयोजक कमिटी गठन गरेको बिषयमा सुरु भएको विवाद पार्टीसम्म पुगेको छ ।
पोखरा बैठकबाट गठन गरिएको आयोजक समितीप्रति असन्तुष्टी जनाउदै केही नेताहरुले त्यसको विगठनको माग गरेका छन् । केही दिन अघि पोखरामा भएको सचिवालय बैठकले किरण पौडेलको संयोजकत्वमा महाधिवेशन आयोजक कमिटी बनाएको थियो । उक्त कमिटीको सहसंयोजकमा उपाध्यक्षहरु सञ्जिव झा र क्रान्ति बुर्लाकोटी हुनुहुन्छ । यसैगरी बैठकले विभिन्न नेताहरुलाई विभागीय जिम्मेवारी समेत तोकेको थियो ।
उक्त कमिटीलाई १४ जना पदाधिकारीहरुले नमान्ने घोषणा गरेका छन् । संगठनको निर्णय एकलौटी भएकोले उक्त निर्णय सच्याउन आग्रह गर्नेहरुमा उपाध्यक्षहरु अमित लामा,रोशन बस्नेत,उर्मिला सुनुवार,विष्णुप्रसाद घिमिरे,तिरण गौतम र रविन थापा छन् । यसैगरी उपमहासचिव कुमार हुमागाईं र सचिवहरु प्रकाश गौतम,राजन थापा,शिवचन्द्र सिंह,सुमित्रा बोगटी,बेग बहादुर पाण्डे,र मिलन सिंह छन् । यस्तै सहकोषाधक्ष्य राकेश लामाले पनि निर्णयमा असहमती जनाएका छन् ।
असन्तुष्टहरुले जनसंगठन समन्यव प्रमुखलाई सम्बोधन गरेर पत्र लेखेका छन् । तर यो पत्र उनीहरुले पार्टी अध्यक्ष केपी शर्मा ओली,बरिष्ठ उापधक्ष्य इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई पनि बुझाएका छन् ।
उपाध्यक्ष लामाका अनुसार वर्तमान आयोजक कमिटी विघटन गरी सबैलाई समेटेर नयाँ कमिटी बनाउनुपर्ने माग पार्टी अध्यक्षसँग राखिएको छ ।