अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भौतिक मन्त्री यादवद्वारा सिके राउतको हत्या गर्ने धम्की

भौतिक मन्त्री यादवद्वारा सिके राउतको हत्या गर्ने धम्की


रौतहट -जनता समाजवादी पार्टी (जसपा) की नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले नेपाल जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने धम्की दिनुभएको छ ।

हिजो गौरमा बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गौर नरसंहारको पुनरावृत्ति गरेर सिकेकका कार्यकर्ता र सिकेको हत्या गर्नेृ धम्की दिनुभएको हो ।

‘गौर नरसंहारको इतिहास राइस मिल जिवीत छ। गौरमा फँणा देखाउने प्रयास नगर,’ राउतलाई चेतावनी दिँदै मन्त्री यादवले भन्नुभयो, ‘यहाँ लाठी भाँच्न मानिसले जानेका छन्। तुफानसँग टकराउने प्रयास नगर।’

हिन्दी भाषामा भाषण गर्दै फिल्मी शैलीमा उहाँले भन्नुभयो, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने त्यहि हालत हुन्छ। जुन गौरको राइस मिलमा भएको थियो। त्यो इतिहासलाई राउतले नभुलुन्। नत्र तपाईंको कार्यकर्ता मारिन्छन् र तपाईंलाई पनि घेराबन्दी गरेर मारिदिन्छन्। हत्या हुन्छ। सतर्क रहनुस्।’

मन्त्री यादव बुधबार गौरमा कार्यक्रममा सहभागी हुन पुगेका बेला जनमत पार्टीका कार्यकर्ताले किसानको समस्या समाधान गर भन्दै नाराजुलुस गरेका थिए । उनीहरुले मन्त्री यादवलाई कार्यक्रम स्थल जान पनि अवरोध गरेका थिए।

सुरक्षा घेरामा कार्यक्रम स्थल पुगेकी मन्त्री यादवले हिंसा भड्काउने अभिव्यक्ति दिनुभएको छ ।