अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस चौतारी ताप्लेजुङको अध्यक्षमा बसन्त पालुङवा

प्रेस चौतारी ताप्लेजुङको अध्यक्षमा बसन्त पालुङवा


ताप्लेजुङ – प्रेस चौतारी नेपाल ताप्लेजुङको पाँचौ जिल्ला अधिवेशसनबाट बसन्त पालुङवा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

पाँचौ जिल्ला अधिवेशसनबाट उपाध्यक्षमा अमृता थलङ र मदन गौतम चयन भएका छन् । यस्तै सचिवमा तेन्जिङ शेर्पा, सहसचिवमा गंगा लिङखिम र जितेन चेम्जो, कोषाध्यक्षमा संगिता कार्की चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा जुनिता ओझा, किरण गदाईली, लाक्पा शेर्पा र सुनिता रसाईली चयन भएका छन् ।

प्रदेश प्रतिनिधि केशव आर्चाय र रविना राई हुनुहुन्छ । यस्तै केन्द्रीय प्रतिनिधि सुवास आर्चाय र सहारा लंवा हुनुहुन्छ ।