अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा सरकारलाई महेश बस्नेतका २३ प्रश्न

देउवा सरकारलाई महेश बस्नेतका २३ प्रश्न


काठमाडौँ – नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा संघिय सांसद महेश बस्नेतले गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई २३ वटा प्रश्न सोध्नुभएको छ ।

देउवा सरकारले ६ महिना पूरा गरेको अवसरमा आम नागरिकका तर्फबाट नेकपा एमालेका युवा नेता महेश बस्नेतले देउवा सरकारलाई २३ वटा प्रश्न गर्नुभएको हो । सामाजिक सञ्जाल मार्फत नेता बस्नेतले प्रश्न उठाएका हुन्।

६ महिना अगाडि सर्वोच्च अदालतको आडमा परमादेश पाएर पाँच दलीय गठबन्धन देउवा सरकार बनिरहदाँ मित्रहरुको ठूलो गर्जन थियो- ‘यो सरकारलाई गल्ति गर्ने छुट छैन, संसद विघटन गरेर मध्यावधि चुनाव गर्ने एमाले सरकारको घोषणाले प्रतिगमन भयो, संविधान मिचियो, यो सरकारले सच्याउने छ, ओली विकास महत्वकांक्षी भयो, भ्रष्टाचार बड्यो, अब हामी जनचहनाको विकास दिन्छौं, भ्रष्टाचार गर्दैनौं, आहा ! प्रधानमन्त्रीको कुर्सीमा देउवा कति सुहाएका, ओलीलाई त पटक्कै सुहाएको थिएन ।’

६ महिना पछाडी आज आम नागरिक र बुद्धिजीवी वर्गले सरकारलाई यी प्रश्न गरिरहेका छन् :

१) सरकारको भिजन, मिसन, उद्देश्य र गति हिजोभन्दा अग्रगामी छ त ?

२) किन न्यायालय निकम्मा र सेटिङमा चल्दैछ ?

३) हिजोको सबल अर्थतन्त्र आज किन ध्वस्त हुदैछ त ?

४) खेलकुदका गतिबिधि किन सून्य छन ?

५) शेयर बजारको अवस्था झन बिग्रिएको छ किन ?

६) स्वास्थ्यको क्षेत्रमा भद्रगोल छ, खोप थन्केर बसेको छ, मन्त्रीले २४ लाख खोप अनियमितता गरे भन्ने खबर आएको छ, पछिल्लो कोरोना भेरिएण्ट ओमिक्रोन नियण्त्रण भन्दा बाहिर जाँदैछ किन प्रभाबकारी कदम चालिएन त ?

७) प्रदेश सरकारहरु मन्त्रालय थप्ने र सुख सुबिधामा रमाउने कुरामा किन ब्यस्त भए ?

८) मूल्यवृद्धि दिन दिनै बढदो छ, रोक्न कुनै कदम चालिए त ?

९) राष्ट्रिय स्वाधिनताका पक्षमा र वैदेशिक हस्तक्षेप हेपाहा प्रवृत्तिको बिरोधमा किन चुक्क बोल्न नसकेको ?

१०) नसकेका राष्ट्रिय गौरवका ठूला विकासका आयोजना र साना भन्दा साना आयोजना किन अलपत्र छन ?

११) पूँजीगत खर्च हिजो लकडाउन हुँदापनि १२ प्रतिसत थियो आज किन ५ दसमलव ८ प्रतिशत भदा बढन सकेन् ?

१२) चार महिनामा ब्यापार घाटा किन साढे सात खर्ब भयो ?

१३) रेमिट्यान्सको आम्दानी कहाँ गयो ? हिजो फर्मल तिर गैरहेको इकनोमि फेरी हुण्डिको बाटो समाउन बाध्य किन भयो ?

१४) हिजो ७ प्रतिशत ब्याजमा सफ्टलोन पाइने थियो,आज १५/१६ प्रतिशत ब्याज तिर्दा पनि लोन नपाउने स्थिति किन बन्दैछ ?

१५) बिजुली बत्ति अनियमित र भद्रगोल भएको छ, जल बिधुतका नयाँ परियोजना अलपत्र छन किन ?

१६) नेपाल आयल निगम किन घाँटामा गयो ? ट्रोलियम पदार्थको मूल्य किन दिनानुदिन बढदैछ ?

१७) हिजो आफैले भ्रष्टाचारका आरोप लगाएकालाई कानूनी दायरामा ल्याउन किन नसकेको त ?

१८) वाइडबडी, बालुवाटार ललितानिवास, यती, ओम्नीका मुद्दाका दोषीलाई कारवाही किन गर्न नसकेको त ?

१९) अहिले कालापानी क्षेत्रमा भारतले सडक बिस्तार गरिरहदा कुटनैतिक पहल गर्ने र कुटनैतिक नोट जारी गर्न किन नसकेको ? उल्टो अघिल्लो सरकारकै नेतृत्वमा कालापानी, लिपुलेक, लिम्पियाधुराको नक्सा संविधानको अङ्ग बनिसकेको अवस्थामा जमिन फिर्ताका लागि कुनै कुटनैतिक पहल लिन किन नसकेको ?

२०) भूमिहीन किसानहरुलाई जमिन बाँढने अघिल्लो सरकारले बनाएको आयोग भङ्ग गरेर गरिबको सपनामा किन लात्त हानेको ?

२१) अघिल्लो सरकारले नियुक्ति गरेका राजदुत र राजनैतिक नियुक्ति आग्रहका आधारमा बदर गरेर राष्ट्रिय अन्तराष्ट्रिय छवी किन धुमिल बनाएको ?

२२) सदन बेकम्मा बनाएर एमाले सक्न र फोर्न अध्यादेश ल्याएर ब्यवस्थापिका सदनलाई किन बेकम्मा बनाएको ? सदन चलाउन नसक्ने हो भने अर्लि इलेक्सनमा किन जान नसकेको ?

२३) आगामी बैशाख २१ गते सम्म गर्नु पर्ने स्थानीय तहको चुनाव नगरी फेरी २०५९ सालको झै प्रतिगमनको बाटोमा किन हिड्न खोजेको ?

यदि यि सबै प्रश्नको उतर गठबन्धन सरकारले दिन नसक्ने हो भने ६ महिना अगाडि ओली सरकारलाई लगाएको आरोप आफै तिर फर्कनेछ र जनताले आँउदो चुनावमा त्यस्को उचित जवाफ दिने छन । एमाले सत्तामा जानेछ गठबन्धन अलपत्र हुनेछ ।