अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा आज सम्बोधन गर्ने

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा आज सम्बोधन गर्ने


प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार अपरान्ह ३ बजे राष्ट्रको नाममा सम्बोधन गर्ने भएका हुन् । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री देउवाको सम्बोधन आफ्नो सरकारले पूरा गरेको ६ को अवधि, कोरोनाभाइर संक्रमण महामारी र नियन्त्रणको उपाय, आगामी निर्वाचन, समसामयिक राजनीतिकलगायतका विषयमा केन्द्रित हुने देखिएको छ ।  

गत २९ असारमा देउवा प्रधानमन्त्री हुनुभएको थियो । सर्वोच्च अदालतको परमादेशको बलमा उहाँ प्रधानमन्त्री चयन भएका हुन् । उहाँ प्रधानमन्त्री चयन भएको पुस २९ गते ६ महिना पूरा भएको थियो ।