अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाका लागि प्रचण्ड-माधव कांग्रेसका विभागिय सदस्य जस्ता

देउवाका लागि प्रचण्ड-माधव कांग्रेसका विभागिय सदस्य जस्ता


शेरबहादुर देउवा २०५२ सालमा पहिलोपल्ट प्रधानमन्त्री नियुक्त भएका थिए । २०४६ यता देउवा धेरै पटक नेपालको प्रधानमन्त्री हुने मध्यकै एक जना हुन् । देउवाको यो पाँचौ कार्यकाल हो र अहिले  प्रधानमन्त्रीको कुर्सीमा आसिन छन् । देउवाका निम्ति संयोग नै मान्नु पर्छ उनको पहिलो देखि पाँचौपल्टको प्रधानमन्त्रीको नियुक्ति राजनीतिक घेराभन्दा बाहिरबाट भयो । देउवाले प्रधानमन्त्री हुन गरेका सांसद खरिद बिक्री र अपहरणका घटनाले देउवालाई सधैं इतिहासले घोचिरहने छ । देउवाका विगतका कार्यकाल कुनै अर्थमा जनमैत्री हुन सकेनन् । उनकै कार्यकालमा शसस्त्र विद्रोहको शुरूवातदेखि स्थानीय निकाय भंग समेत देउवाले नै गरेका थिए । झन्डै दुई दशक देश स्थानीय जनप्रतिनिधि विहीन रह्यो । देउवाको सत्ता लोभका कारण प्रजातन्त्र वदनाम र रक्षात्मक स्थितिमा हुन पुगेको यथार्थ देउवाको विगतले छर्लग देखाउँछ।

वास्तवमै देउवाले प्रधानमन्त्रीका रूपमा पाएका सबै अवसरहरू न त लोकतन्त्र मैत्री न त देश न त उनले नेतृत्व गरेका पार्टी मैत्री भएका छन् । जुन कुरा नेपाली कांग्रेसजनलाई मात्र होइन सबै नेपालीजनलाई भलिभाँती अवगत छ । तर परिस्थिति र परिवेशले उनकै कुल गुरूले भने झै देउवा नेपालको पाँचौपल्ट प्रधानमन्त्री हुन सफल भए । देउवाका जोतिषको कुरा पत्याउने हो भने अझै एक पटक प्रधानमन्त्री हुन देउवाको बाँकी छ । इतिहास साक्षी छ, देउवाले व्यक्तिगत स्वार्थका निम्ति २०५९ साल असोज ६ गते मूल पार्टीवाट बगावत गरी नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेका थिए । जुन पार्टी २०६४ असोज ८ गते पुन नेपाली कांग्रेसमा विलय हुन बाध्य भयो ।

विरोधीहरूले तत्काल उपयोग गर्न सक्ने पात्र हुन् देउवा । अरूलाई पनि सहजै उपयोग गर्न सक्ने देउवा शैली र स्वभावका कारण उनलाई सभापति गिरीजाप्रसाद कोइरालालाई कमजोर पार्न दरवारले देउवालाई नै रोजेको थियो।

नेपालको राजनीतिमा देउवाले यस्ता व्यक्ति र पात्र हुन जो सत्ता प्राप्तीका निम्ति हदै सम्मका हर्कत गर्न सक्ने राजनीतिज्ञ मध्येकै पहिलो नम्बरमा पर्छन् । कम बोल्ने देउवाको खासियत भनेकै अरूको कमजोरीमा खेल्न सक्ने हो । विरोधीहरूले तत्काल उपयोग गर्न सक्ने पात्र हुन् देउवा । अरूलाई पनि सहजै उपयोग गर्न सक्ने देउवा शैली र स्वभावका कारण उनलाई तत्कालिन नेपाली कांग्रेस र तत्कालिन पार्टी सभापति गिरीजाप्रसाद कोइरालालाई कमजोर पार्न दरवारले देउवालाई नै रोजेको थियो । प्रजातन्त्र र दलीय व्यवस्थालाई कमजोर पार्न आफैले प्रधानमन्त्रीबाट अपदस्त गरेका देउवा २०६१ सालमा पुन: तत्कालिन राजा ज्ञानेन्द्रको रोजाइमा पर्न सफल भएका थिए । पछि दरवारले उनलाई अक्षम घोषणा समेत गरेकाले बाध्य भएर देउवा सात दलको आन्दोलनमा सहभागी हुनु परेको थियो । देउवाले आफु प्रधानमन्त्री बन्न र टिक्न विगतमा पनि पार्टी, साथी, दरवार र दिल्ली समेतलाई गलत प्रयोग गरेका थुप्रै दृष्टान्त छन्।

देउवाका सम्भावित कदम

देउवा संसदीय राजनीति भित्र हुने सबै खेलहरू खेल्न सक्ने पोख्त खेलाडी हुन् । रेफ्रीलाई प्रभावमा पार्ने देखि समकक्षी खेलाडीलाई धकेल्न सक्ने राजनीतिक खेलाडीको दर्जामा देउवा पहिलो नै हुन् । देउवाको योग्यता क्षमता औसत हुँदा पनि पाँचपल्ट देशको प्रधानमन्त्री बन्न त्यसै सफल भएका होइनन् । देउवा मतदाता भन्दा पनि मतदाताले जिताएका प्रतिनिधिहरूलाई आफू अनुकुल प्रभावित पार्न सक्ने माहिर राजनीतिज्ञ हुन् । अहिले देउवाका अगाडी दुईटा मात्र चुनौति छन् । ती हुन नेकपा एमाले र केपी शर्मा ओली । पहिलो कार्यकाल पार्टी सभापति हुँदा पार्टी भित्र फरक मत राख्दै आएका रामचन्द्र पौडेल समेत अहिले देउवाका सहयोगी बनेका छन् । देउवा वहालवाला प्रधानमन्त्री मात्र होइनन् नेपाली कांग्रेसका नव निर्वाचित शाक्तिशाली पार्टी सभापति समेत हुन । उनले चाल्ने हरेक कदम उनको प्रधानमन्त्री पद सुरक्षित हुने गरी हुने छ । देउवाले दुई दशक अघि खेलिसकेका खेल प्रचण्ड, माधव र उपेन्द्र यादवले अहिले खेल्न शुरू गरेका छन् । तिनीहरूले खेल्ने खेलका नियम बनाउने देउवा आफै हुन र देउवालाई राम्रैगरी थाह छ प्रचण्ड र माधवले चाल्न सक्ने चालहरू ।  देउवाले अहिले प्रचण्ड र माधव नेपाललाई कांग्रेसकै विभागीय सदस्य सरह राखेका छन् ।

देउवाले दुई दशक अघि खेलिसकेका खेल प्रचण्ड, माधव र उपेन्द्र यादवले अहिले खेल्न शुरू गरेका छन् । तिनीहरूले खेल्ने खेलका नियम बनाउने देउवा आफै हुन र देउवालाई राम्रै गरी थाह छ प्रचण्ड र माधवले चाल्न सक्ने चालहरू । देउवाले अहिले प्रचण्ड र माधव नेपाललाई कांग्रेसकै विभागीय सदस्य सरह राखेका छन् ।

आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिको समयावधि सकिने कुरा सबैलाई थाह छ । तर सरकारले नै यसलाई नियोजित ढंगबाट विवादमा ल्याउनुका पछाडी राजनीतिक कारण छन् ।  तत्कालका निम्ति देउवाको प्रधानमन्त्री पद बचाउन प्रचण्ड,माधव र उपेन्द्र यादब बैशाखी भएपनि  तिनै तहका चुनावमा कांग्रेस बाहेक अन्य गठबन्धनमा सहभागी दलहरूको अस्तित्व बचाउनका निम्ति नेपाली कांग्रेस र देउवा नै बैशाखी हुन् । देउवाले गठबन्धनवाट हात झिक्ने हो भने प्रचण्ड,माधव र उपेन्द्र न घरका न घाटका हुने कुरामा कुनै शंका छैन् । अघाएको बाघले चारो खेलाए झै अहिले देउवाले प्रचण्ड र माधवलाई खेलाई रहेका छन् । चुनाव अगावै हतास मनस्थिति बनाएका प्रचण्ड र माधवलाई भोलिका दिनमा रक्षात्मक राख्न देउवाले आफ्ना कदम शुरू गरीसकेका देखिन्छ । देउवालाई राम्रोसंग थाहा छ हुँदाखादाको आफ्नो पार्टीको सरकार ढाल्नेहरू समय अनुकुल हुदा जे पनि गर्न सक्छन् भन्ने कुरा । त्यसैले देउवा भोलिका दिनमा दिएको खाने गरी प्रचण्ड र माधवको साइज अहिले देखि निर्धारण गर्न लागेका छन् । त्यसै अनुसार देउवाले अहिले प्रचण्ड,माधव र उपेन्द्रका ब्यवहार बमोजिम आफ्ना सम्भावित कदम चाल्दै आएको देखिन्छ ।

अक्षम्य गल्ती

पाँच जना श्रीमानको कृपाबाट पाँचौपल्ट देशको प्रधानमन्त्री बनेका देउवाका निम्ति यो कार्यकाल ठूलो अवसर थियो । देउवा धेरै पटक परिक्षण भइसकेका पात्र हुन्, त्यसैले देउवावाट नागरीकले धेरै केही आशा गरेका पनि थिएनन् । देउवाले सरकारले गर्ने औसत कामहरू मात्र गर्न सकेको भएपनि उनीप्रति नागरीकको गुनासो रहदैन थियो । किन भने जनतालाई थाहा थियो उनी जनताको मेन्डेटवाट बनेका प्रधानमन्त्री होइनन् । देउवाले प्रधानमन्त्रीको पद वहाल गर्दा सरकारको पहिलो प्राथमिकता खोप,खोप,खोप हुनेछ भनेको कुरा नागरीकका कानमा उनको आवाज अहिलेपनि गुन्जीरहेको छ । तर सरकार २४लाख खोपको हिसाव किताब देखाउन सक्दैन । यो भन्दा लज्जाको विषय अरू के हुन सक्छ। 

पुर्ववर्ती सरकारको पालामा सम्झौता भएका खोप बाहेक अरू एक खोपको देउवा सरकारले ब्यवस्था गर्न सकेको छैन । कालापानी,लिपुलेख र लिम्पियाधुरामा भारतले सडक निमार्ण गरीरहेको छ । तर सरकारलाई बोल्ने आट आँउदैन । आफ्ना कुरा राख्न सक्दैन । यहाँ सम्म कि राष्ट्रको नाममा सम्बोधन गर्दापनि कब्जा गरिएको भूभागको नाम उचारण हुन्न् नसक्नु यो भन्दा अर्को विडम्वना के हुन सक्छ । वास्तवमा देउवाको सम्बोधनले नेपाली जनताको आत्म सम्मानमाथि लात हानेको छ कहिल्यै निको नहुने घाउ लगाएको छ । सरकारले अक्षम्य गल्ती गरेको छ ।

दाउपेचमा ब्यस्त सरकार

सरकार र सरकारमा सहभागी गठबन्धन दलहरूले गरीरहेका आगामी चुनावको तयारीको पुर्वअभ्यासको राजनीतिले वर्तमान राजनीतिमा अन्यौलता सिर्जना भएको छ । आगामी चुनावमा बलियो हुने नाममा संविधान भित्र छिद्र खोज्ने नियोजित प्रयासहरू गरिदै छन् । स्थानीय निर्वाचन सार्ने नाममा संविधानलाई विवादित बनाउने खेल सुरू भएको छ । आफु अनुकुलको राजनीतिक वातावरण तयार पार्न जे सुकै कदम चाल्न प्रधानमन्त्री तयार भइ बसेको अवस्था देखिन्छ । लोकतन्त्र संघियता कार्यन्वयनमा अवरोध सिर्जना गर्ने परिस्थिती तयार हुदैछ । सरकार आफै दाउपेचको राजनीतिमा अभ्यस्त भएको देखिन्छ । जनताका दैनिक सरोकारका विषय दिनप्रतिदिन ओझेल पर्दै आइरहेका छन् ।

चुनाव अगावै हतास मनस्थिति बनाएका प्रचण्ड र माधवलाई भोलिका दिनमा रक्षात्मक राख्न देउवाले आफ्ना कदम शुरू गरिसकेका देखिन्छ ।

महँगीले जनताको ढाड सेकिदै गइरहेको छ । देशको अर्थतन्त्र चुनाब केन्द्रित विनियोजन गर्दा अर्थतन्त्र डामाडोल भइसकेको छ । तिनै तहको चुनाव एकै पटक गर्ने नाममा स्थानीय तहहरूलाई जनप्रतिनिधि विहिन बनाउने र संघियतालाई कमजोर बनाउने प्रपञ्च शुरू हुदै छ । देउवा फेरी आफनो पुरानो नियतिको पुनरावृति गर्दैछन र देशलाई असफल राष्ट्र बनाउनतिर तल्लीन भएको देखिन्छ । एक वर्ष अगाडी नयाँ जनादेशमा जाने कुरा प्रतिगमन भन्नेहरू आज कसैको इसारामा स्थानीय चुनाव सार्न तल्लीन देखिन्छन् । लोकतन्त्र र संघियताको मेरूदण्डको रूपमा रहेको स्थानीय तहको निर्वाचनका सन्दर्भमा गरिदै आएका हल्ला कुनै अर्थमा स्वभाविक मान्न सकिदैन । कुनैपनि वहानामा स्थानीय  चुनाव रोक्नु भनेको स्थानीय तहमा गरी खाने जनताको पेटमा लात हान्नु र नागरीकलाई अधिकार विहिन बनाउनु हो ।    

केन्द्रीय सदस्य, नेकपा (एमाले)