विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको जानकारीसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ।
कोशी प्रदेशसभा बैठकले मुख्यमन्त्री कार्कीलाई ७ वैशाखमा प्रदेशसभाबाट विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित गरेको थियो। उक्त संकल्प प्रस्ताव पारित भएको जानकारी प्रदेशसभा सचिवालयले प्रदेश प्रमुखको कार्यालयमा पठाएको हो।
केन्द्रमा नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ सत्ता समीकरण बनेपछि चैत २६ मा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए।
त्यसपछि मुख्यमन्त्रीसँग प्रदेशसभामा बहुमत नरहेको भन्दै एमाले र माओवादी केन्द्र विश्वासको मत लिन प्रदेशसभाले निर्देशन दिनुपर्ने संकल्प प्रस्ताव वैशाख ७ मा बहुमतले पारित भएको थियो।
प्रतिक्रिया