काठमाडाैं-भाेलि शनिबार इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर-२ र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (१) मा हुने उपचुनावकाे सम्पूर्ण तयारी पूरा भएकाे छ।
भाेलि हुने उपचुनावकाे सम्पूर्ण तयारी पूरा भएकाे निर्वाचन आयाेगले शुक्रबार विज्ञप्तिमार्फत जानकारी दिएकाे हाे। आयाेगले मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ।
आयाेगका अनुसार भाेलि बिहान ७ बजेदेखि सुरु हुने मतदान साँझ ५ बजेसम्म चल्नेछ। आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न मतदातालाई आयोगले आग्रह गरेको छ।
आयोगले कुनै पनि अवाञ्छित गतिविधिबाट मतदान प्रभावित हुन नदिनेतर्फ सचेत रहेको पनि जनाएको छ।
इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो । बझाङ-१ (१) मा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि त्यहाँ पनि उपचुनाव हुन लागेको हो।
प्रतिक्रिया