अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचनको दिन सार्वजनिक सवारी चलाउने पाइने

उपनिर्वाचनको दिन सार्वजनिक सवारी चलाउने पाइने


निर्वाचन आयोगले उपनिर्वाचनको दिन पनि सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ।

वैशाख १५ गते शनिबार इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उपनिर्वाचन हुँदैछ।

आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेका अनुसार यसअघिनै गृह मन्त्रालयमार्फत् प्रमुख जिल्ला अधिकारीहरूलाई सार्वजनिक सवारी साधन चलाउने निर्देशन दिइएको थियो। यसअघिका निर्वाचनमा भने अत्यावश्यक सेवा र पास जारी भएका सवारी मात्रै निर्वाचन हुने दिन सञ्चालन गर्न दिइन्थयो। 

तर, उपनिर्वाचनमा भने मतदाताको सहज आवागमनका लागि सुरक्षालाई ध्यानमा राख्दै सार्वजनिक सवारी चलाउन दिइने निर्णय भएको पाण्डेले बताउनुभयो।

आयोगले उपनिर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन गर्न दिन गृह मन्त्रालयमार्फत् सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पनि निर्देशन दिएको छ।

‘सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनका लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने’ आयोगको निर्णय छ।