अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले रामेछापको नवौं जिल्ला अधिवेशनमा वैशाख २६ गते हुने

एमाले रामेछापको नवौं जिल्ला अधिवेशनमा वैशाख २६ गते हुने


रामेछाप-नेकपा एमाले रामेछापको वैशाख २६ गतेबाट हुने नवौँ जिल्ला अधिवेशनमा सात सय जना प्रतिनिधिले भाग लिने भएका छन्।
पार्टी जिल्ला कमिटीले अधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको हो। अधिवेशनको लागि भूगोलबाट ५७१ जना प्रतिनिधि चुनिएर आउने भएका छन्। जनसंगठन, सल्लाहकार, विभाग, जिल्ला कार्यालय र मनोनीत पाँच प्रतिशतबाट अन्य प्रतिनिधि आउने नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले जानकारी दिनुभयो।

कडरियाका अनुसार भूगोलबाट सबैभन्दा धेरै प्रतिनिधि मन्थली नगरपालिकाबाट १ सय ३५ जना सहभागी हुने छन् । सबैभन्दा कम सुनापति गाउँपालिकाबाट ४३ जना प्रतिनिधिले भाग लिने छन्।

मन्थली पछि सबैभन्दा धेरै प्रतिनिधि खाँडादेवी गाउँपालिकाबाट ९३ जना प्रतिनिधिले अधिवेशनमा भाग लिने भएका छन् । त्यस्तै दोरम्बा शैलुङ गाउँपालिकाबाट ७३, लिखु तामाकोशी गाउँपालिकाबाट ६६, गोकुलगंगा गाउँपालिकाबाट ५७ जना, रामेछाप नगरपालिकाबाट ५६ जना, उमाकुण्ड गाउँपालिकाबाट ४८ जना प्रतिनिधिले अधिवेशनमा भाग लिने भएका छन् ।

यसै गरी जनसंगठनबाट कूल ५२ जना, जिल्ला सल्लाहकारबाट २५ जना, विभागबाट १६ जना, जिल्ला कार्यालयबाट तीन जना र मनोनीत पाँच प्रतिशतबाट ३३ जना प्रतिनिधिले अधिवेशनमा भाग लिने भएका छन् ।

जिल्ला अधिवेशनका लागि खुल्ला तर्फ प्रतिनिधि हुन पार्टी सदस्यता लिएको दुई वर्ष पुरा भएको हुनुपर्नेछ । महिला, उत्पीडित र अल्पसङ्ख्यकतर्फ प्रतिनिधि छनौट हुन पार्टी सदस्यता लिएको एक वर्ष पुरा भएको हुनु पर्ने कडरियाले जानकारी दिनुभयो ।

भूगोल र उत्पीडित तर्फका प्रतिनिधि बैशाख १५ गते छनोट गरिने छन् भने जनसंगठन, जिल्ला विभाग, जिल्ला सल्लाहकार परिषद् र जिल्ला कार्यालय तर्फका प्रतिनिधि बैशाख १७ गते छनौट गरिने कार्यतालितका रहेको उहाँले बताउनुभयो ।