अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सहकारी ठगका नाममा रहेको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्छु: गृहमन्त्री लामिछाने

सहकारी ठगका नाममा रहेको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्छु: गृहमन्त्री लामिछाने


काठमाडौं-गृहमन्त्री रवि लामिछानेले सहकारी सञ्चालकहरुको सम्पति रोक्का गरेर भए पनि पीडितहरुको रकम फिर्ता गर्ने बताउनु भएको छ।

आज (शुक्रबार) मन्त्रालयमा सहकारी वचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका पदाधिकारीहरुसँगको भेटका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले सहकारी सञ्चालकहरुको सम्पति रोक्का गरेर त्यसबाटै पीडितहरुको रकम फिर्ता गरिने बताउनु भएको हो।

उहाँले आफूले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लगेको र सो प्रस्तावमा सिंगो मन्त्रिपरिषद् नै एक ठाउँमा उभिएको बताउनु भयो। उहाँले अनुसन्धान र कानूनी प्रक्रिया लामो समय जाँदा पीडितलाई झन धेरै समस्या थपिएको भन्दै कानूनी प्रक्रिया चल्दै गर्दा नै सञ्चालकहरुको सम्पत्ति रोक्का गर्न भने ढिलो गर्नु नहुने बताउनुभयो।

सम्पत्ति रोक्का गरेर तत्काल कानून बनाएर सो सम्पतिलाई बेचबिखन गरी फिर्ता गर्न शुरुवात गरिने उनले बताउनु भयो । उहाँले सरकारले यस सम्बन्धमा निर्णय नै गरिसकेको बताउनु भयो ।