अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पशुपति धर्मशाला सञ्चालनको लागि बताससँग गरिएको सम्झौता भोलि खारेज हुने

पशुपति धर्मशाला सञ्चालनको लागि बताससँग गरिएको सम्झौता भोलि खारेज हुने


काठमाडौं- पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता भोलि खारेज हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले छानबिन समितिले सिफारिस गरेअनुसार उक्त सम्झौता भोलि खारेज हुने जानकारी दिनुभयो । भोलि पशुपति क्षेत्र विकासको बैठक बस्ने र सोही बैठकले बताससँगको सम्झौता खारेजी गर्ने जनाईएको छ।

यसअघि बतासले पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको मन्त्री आलेले पनि निरीक्षण गर्नुभएको थियो । उहाँले धर्मशाला धर्मशालाजस्तो नभएर पाँचतारे होटलजस्तो भएको प्रतिक्रिया दिनुभएको थियो ।

छानबिन समितिले मन्त्री आलेलाई हस्तान्तरण गरेको प्रतिवेदनमा सम्झौता खारेज गर्न सुझाएको थियो ।