अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाबुराम भट्टराईलाई दोस्रो पटक कोरोना संक्रमण

बाबुराम भट्टराईलाई दोस्रो पटक कोरोना संक्रमण


काठमाडौं – जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलाई दोस्रो पटक कोरोना भाइरस संक्रमण भएको छ।

भट्टराईले आफूलाई कोरोना संक्रमण भएको जानकारी बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत दिनुभएको छ ।

‘सतर्कताका बाबजुद मलाई कोभि-१९ ले पुनस् संक्रमण गरेको छ। पीसीआर रिपोर्ट पोजेटिभ आएको छ,’ उहाँले भन्नुभएको छ, ‘लक्षण सामान्य छ। केही समययता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु।’

यसअघि गत कात्तिक ८ गते पनि डा. भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको थियो।