अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनमा कांग्रेसले साथ दिने सर्तमा एमसीसी पास गर्न प्रचण्ड-माधव सहमत

आगामी निर्वाचनमा कांग्रेसले साथ दिने सर्तमा एमसीसी पास गर्न प्रचण्ड-माधव सहमत


काठमाडौं -आगामी निर्वाचनमा गठबन्धनबाटै चुनाव लड्ने सर्तमा माओवादी र नेकपा समाजवादी मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्न सहयोग नगरे गठबन्धन तोड्ने धम्की दिए लगत्तै दुवै नेताले आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने भए एमसीसी पास गर्न सहयोग गर्न आफूहरु राजी भएको जनाएका छन् । अस्ती शुक्रबार र शनिवार बालुवाटारमा भएको छलफलमा एमसीसी पास गर्न सहयोग गरेर निर्वाचनमा मिलेर जान आफू तयार भएको देउवाले प्रचण्ड र माधव नेपाललाई बचन दिनुभएको माओवादी निकट स्रोतले जनाएको छ ।

आफूहरुले हिजो एमसीसीको चर्को विरोध गरेकोले त्यसलाई त्यसमा केही क्लज राखेर पास गर्नुपर्ने शुक्रबारको छलफलमा प्रचण्ड र नेपालको माग गर्नुभएको थियो । त्यसमा देउवाले उपाय निकाल्नुहोस भनेपछि शनिवार उनीहरुले राष्ट्रिय हित प्रतिकुल नहुने गरी भन्ने पदावली थपेर संसदमा लैजाने सहमती भएको छ । तर नेताहरुका अनुसार जनस्तरमा प्रचण्ड र नेपालको तिव्र विरोध हुने भएपछि त्यो पदावली राखिएपनि एमसीसीको मुल ड्राफ्टमा कुनै परिवर्तन गरिएको छैन ।

शनिबारको बैठकमा सरकार सञ्चालन संयन्त्रका संयोजक रामचन्द्र पौडेल पनि सहभागी हुनुहुन्थ्यो । बैठकपछि पौडेलले एमसीसी पास गर्न प्रचण्ड र माधव नेपाल नकारात्मक नभएको प्रतिक्रिया दिनुभएको छ । एमसीसी पास गर्न कुरा पार्टीबाट निर्णय गराउन प्रचण्ड र नेपाललाई सहज छैन । देउवासँग आन्तरिक सहमती गरिसकेका उनीहरुले आजबाट आफ्ना पार्टीमा छलफल चलाउने भएका छन् । उनीहरुले स्थायी कमिटीको निर्णय गरेर एमसीसी पास गर्न देउवासँग १० दिनजती समय लाग्ने बताएका थिए । त्यही कारण हिजोका लागि बोलाइएको प्रतिनिधीसभाको बैठक १० दिन पर सािरएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।