काठमाडाैं- नेकपा (एकीकृत समाजवादी)का नेता डा दुमनिसिंह थापाकाे निधन भएकाे छ ।
अर्घाखाँची जिल्लाबाट दोस्रो संविधानसभामा निर्वाचित थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको हो ।
केही समय अघि उहाँकाे मिर्गौला प्रत्यारोपण भएकाे थियाे ।
एमाले विभाजनपछि उहाँ नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य हुनुभएको थियो । उहाँ मेगा बैंकका संस्थापक तथा पूर्व संचालक पनि हुनुहुन्छ ।








प्रतिक्रिया