अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी पास गराउने दौडधुप तिव्र,देउवा,प्रचण्ड र नेपालको सिंहदरबारमा भेटघाट

एमसीसी पास गराउने दौडधुप तिव्र,देउवा,प्रचण्ड र नेपालको सिंहदरबारमा भेटघाट


काठमाडौं- गठबन्धनका शिर्ष नेताहरु मिलेनियम च्यालेन्ज कर्पोरेट (एमसीसी) संसदबाट पास गराउने वातावरण बनाउन तिव्र रुपमा जुटेका छन् ।
विहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बालुवाटारमा यसै विषयमा भेटघाट भएको थियो ।
त्यस लगत्तै केहीबेर अघि देउवा,प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपालबीच फेरी भेटघाट भएको छ । स्रोतका अनुसार एमसीसी पास गर्दा आफ्नै पार्टी भित्र आउन सक्ने जोखिम,आम जनमानसमा गठबन्धनलाई हेर्ने दृष्टिकोणमा आउने बदवान आदि पक्षका बिषयमा विष्लेषण भएको छ । तर देउवाले ती सबै कुरा अस्थायी भएकोले एमसीसी पास गरेर नयाँ कोर्समा गठबन्धनलाई अघि बढाउन दबाब सृजना गर्नुभएको छ ।