अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावललाई बाबुरामको सोधाइ : तपाईंको पिएचडी नक्कली हो ?

भीम रावललाई बाबुरामको सोधाइ : तपाईंको पिएचडी नक्कली हो ?


काठमाडौं -पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले एमाले नेता डा.भीम रावलको पिएचडी नक्कली हो कि भनेर आशंका गर्नुभएको छ ।
राती सााजिक सञ्जालमा लेख्दै आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीलाई पुष्टी गर्न चेतावनी दिंदै नक्कली पिएचडीको संज्ञा दिनुभएको हो ।
यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि ‘डा.’ पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोतर मितिरस्थान खुलाउनुपर्छ’, डा भट्टराईले गए राती सामाजिक सञ्जालमा लेख्नुभएको छ , ‘उनले दाबी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन्?’ भट्टराईलेआफू प्रधानमन्त्री भएका बेला ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न रावललाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले चुनौती दिनुभएको छ ।
एमसीसी पास नगर्न भन्दै नेता रावलले सांसदहरूलाई हिजो लेखेको स्मृतिपत्रमा भनिएको छ, ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त थियौं, बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गर्नुभएको हो। वास्तवमा प्रतिनिधि सभामा पेस भएपछि मात्रै एमसीसीबारे मैले थाहा पाएको हुँ।’

यस्तो आरोप लागेपछि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले त्यसको स्रोत, मिति र स्थान खुलाउन नेता रावललाई चुनौती दिनुभएको छ ।