अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधु पोखरेललाई लाई थाहै नदिइ समाजवादी संगठनको केन्द्रीय सदस्य बनाएकोमा आपत्ती

मधु पोखरेललाई लाई थाहै नदिइ समाजवादी संगठनको केन्द्रीय सदस्य बनाएकोमा आपत्ती


विराटनगर -नेकपा एसको भातृ संगठन जनसाहित्यिक मञ्चको केन्द्रीय सदस्य राखिएकोमा विराटनगरका मधु पोखरेलले आपत्ती जनाउनुभएको छ ।
नेकपा एमाले निकट प्रगशिल लेखक संघको केन्द्रीय कमिटीका सदस्य पोखरेलले आफ्नो आस्था विपरित जनसाहित्यिक मञ्चले केन्द्रीय सदस्य बनाएपछि पोखरेले विज्ञप्ती जारी गरेर चरित्र हत्या गरेको आरोप लगाउनुभएको छ ।
पोखरलेलले विज्ञप्तीमा भन्नुभएको छ ‘समाज रुपान्तरणमा लागेको म जस्ताको पूर्व स्विकृति विना अन्य दलको भातृ संगठनमा नाम समावेश गर्नु मेरो आस्था र विश्वासमा मात्र हैन चरित्र समेत खल्वल्याउने मनशाय देखिन्छ । म मेरो आस्थाप्रति सतिसाल झैं रहेको छु ।’
पोखरेलले एउटा अनुशासनमा बाँचेको व्यक्तिलाई दुषित बनाउन खोजेकोमा घोर भत्र्सना गर्दै आफू नेकपा एमाले मै रहेको स्पष्ट पार्नुभएको छ ।