अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सचिव शिशिर ढुंगाना अनिवार्य अवकाशमा

सचिव शिशिर ढुंगाना अनिवार्य अवकाशमा


काठमाडौं- प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुंगानाले अनिवार्य अवकाश पाउनुभएको छ।

पाँच वर्षे सेवा अवधि पूरा गर्दै उहाँले अवकाश पाउनुभएको हो । बुधबाररदेखि अनिवार्य अवकाशमा जाने उनी बुधबार सार्वजनिक बिदा परेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार नै उहाँलाई बिदाई गरेको हो।

२०५४ कात्तिक १२ गते शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका ढुंगाना २०६५ चैत १० गते सहसचिव हुनुभएको थियो । सहसचिव हुँदा उहाँ अर्थमन्त्रालय र मातहतका निकायमा मात्र काम गर्नुभएको थियो । २०७३ माघ २० मा सचिवमा बढुवापछि क्षेत्रीय प्रशासक भएर दीपायल जानुभएको थियो ।

तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले उहाँलाई अर्थसचिव बनाएर अर्थमन्त्रालय ल्याउनुभएको थियो । खतिवडाको बहिर्गनपछि अर्थमन्त्री हुनुभएका विष्णुप्रसाद पौडेलले पनि उहाँलाई नै अर्थ सचिवका रुपमा रोज्नुभयो ।

ओलीको सरकारपछि नयाँ अर्थमन्त्री हुनुभएका जनार्दन शर्माले भने ढुंगानालाई रुचाउनुभएन ।