अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज आंशिक देखि सामान्य बदली

देशभर आज आंशिक देखि सामान्य बदली


काठमाडौं – देशमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नम्बर–१ को पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको छ ।
राति प्रदेश–१, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश–१ को पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
तराईमा बिहान हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।