अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिउँ खेल्न गएका बारपाकका दुई किशोर पाँच दिनदेखि सम्पर्कविहीन

हिउँ खेल्न गएका बारपाकका दुई किशोर पाँच दिनदेखि सम्पर्कविहीन


गोरखा- हिउँ खेल्न गएका गोरखाका दुई किशोर सम्पर्कविहीन भएका छन् । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–१ का साइला घले र वडा नम्वर २ का करन घले गएको बिहीबारदेखि सम्पर्कविहीन भएका हुन् ।

प्रहरीका अनुसार हराएका १६/१६ साइला र करन यही २० माघमा हिउँ खेल्न लाप्राक गएका थिए । खाना खाएर घरबाट निस्किएका उनीहरू त्यसयता सम्पर्कमा आएका छैनन् ।

उनीहरूको खोजी कार्य तीव्र पारिएको गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हराएकामध्ये करन भन्नेले मोबाइल लगेको रहेछ, तर फोन सम्पर्क हुँदैन, हामीले मोबाइल ट्रयाकिङको प्रयास गरिरहेका छौं ।’