अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावमा विद्युतीय मेसिन प्रयोग गर्नेबारे विज्ञसँग छलफल गर्दै निर्वाचन आयोग

चुनावमा विद्युतीय मेसिन प्रयोग गर्नेबारे विज्ञसँग छलफल गर्दै निर्वाचन आयोग


काठमाडौं – निर्वाचन आयोगले विद्युतीय मेसिनको प्रयोग गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्ने भएको छ।  बुधबार दिउँसो १ बजे आयोगले स्थानीय तहको निर्वाचनमा विद्युतीय मेसिनमार्फत् भोटिङ गर्ने सम्भावनाबारे विज्ञहरूसँग छलफल गर्न लागेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।  

परामर्श लिन आयोगले सरकारका आइटी विज्ञहरूलाई बोलाएर छलफल गर्न लागेको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले विद्युतीय मेसिनबाट चुनाव गराउन लागिहालेको भन्ने होइन । नेपाल सरकारका विभिन्न क्षेत्रमा आइटीसँग सम्बन्धित विज्ञहरूसँग बसेर के गर्न सकिन्छ त, सम्भावना छ कि छैन भनेर छलफल गर्न लागेको प्रवक्ता पौडेलले बताउनुभयो ।