अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गगन–विश्वलाई वास्तै नगरी देउवाले बसाएको त्यो बैठक

गगन–विश्वलाई वास्तै नगरी देउवाले बसाएको त्यो बैठक


काठमाडौं– तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बैठक बोलाएको भन्दै आलोचना कांग्रेस नेताहरु गगन थापा र विश्वप्रकाश शर्माबाट बढ्तै भएको थियो ।

थापा र शर्मा काठमाडौंमा भएको महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भए । निर्वाचित भएपछिका गतिविधि र कामप्रति भने कार्यकर्ता, समर्थन र शुभेच्छुक खुसी छैनन् ।

पार्टी सभापतिमा शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि कांग्रेसका कुनै पनि बैठक बालुवाटार नबस्ने घोषणाा गरेका गगन विश्वले झन् महामन्त्री भएपछि रोक्न सकेनन् ।

पदाधिकारीको औपचारिक बैठक बुधबार बालुवाटारमै बसेको छ ।

शेखर कोइराला समूहबाट महामन्त्री जितेका गगन र प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार भएका विश्वप्रकाशलाई देउवाले खासै भाउ नदिएको कांग्रेस नेताहरुको भनाइ छ ।

अहिले पनि पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महतको तजिबिजीमा कांग्रेस चलिरहेको छ ।