अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तुलसीपुरको जुत्ता पसलमा आगलागी, पाँच जनाको मृत्यु

तुलसीपुरको जुत्ता पसलमा आगलागी, पाँच जनाको मृत्यु


दाङ — तुलसीपुर उपमहानगरपालिका–५ ङ लाइनस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा भीषण आगलागी भएको छ ।

आगलागीमा पाँच जनाको घरभित्रै फसेर मृत्यु भएको छ ।

राति करिब पौने दुई बजेदेखि लागेको आगो बिहानसम्म पनि नियन्त्रणमा नआएपछि भित्र फसेकालाई उद्धार गर्न कठिन भएको थियो । उनीहरुलाई बिहान बेहोस् अवस्थामा फेला पारी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको र सबैको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो।